online destination for Nepal total news, views, reviews, features, blogs and audio video content covering Nepali politics, society, market, ............Nepali tatal news portal and official website. This delivers the latest breaking news and information on latest top stories ... Total news 2020
Sunday, April 26, 2020
लकडाउन 10 दिन थपियो, वैशाख 25 गतेसम्म लकडाउन गर्ने सरकारको निर्णय
सरकारले लकडाउन 10 दिन थप्ने निर्णय गरेको छ !!। आइतबारको मन्त्रीपरिषद् बैठकले वैशाख 15 गतेसम्मको लकडाउन अब वैशाख 25 गतेसम्म जारी राख्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं अर्थ, सञ्चार तथा सूचनाप्रविधि मन्त्री युवराज खतिवडाले जानकारी दिए !!!!!
'मुलुकभर Covid- 19 संक्रमण जोखिम न्यूनिकरण गर्न हामीले चालेको लकडाउनको अवधि आगामी वैशाख 25 गते बिहीबार मध्यरातिसम्मका लागि बढाइएको छ' मन्त्री खतिवडाले भने । नेपालमा Covid- 19 संक्रमितको संख्या 52 पुगेको र नयाँ Covid- 19 संक्रमण देखिइरहेकाले जोखिममुक्त नभएको निष्कर्ष निकाल्दै सरकारले लकडाउन थप्ने निर्णय गरेको हो ।
यस्तै बैठकले बाह्य जगत्बाट Covid- 19 संक्रमण नहोस् भन्नका लागि अन्तर्राष्ट्रिय सीमानाकाहरुमा आवागमन स्थगन गर्ने निर्णयलाई वैशाख 31 गते बुधबार मध्यरातिसम्म बढाउने निर्णय गरेको मन्त्री खतिवडाले जानकारी दिए ।
Covid- 19 संक्रमणको जोखिम देखिएपछि सरकारले चैत 11 गतेबाट लकडाउन सुरु गरेको थियो । पछिल्लोपटक सरकारले वैशाख 3 गते 12 दिनको लकडाउन थपेको थियो । सरकारले यसअघि नै जेठ 2 गतेसम्मलाई हवाई उडानमा प्रतिबन्ध लगाइसकेको छ ।
Covid- 19 नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समिति अन्तर्गतको मुख्यसचिव नेतृत्वको कार्यदलले सरकारलाई एक हप्ता लकडाउन थप गर्न सिफारिस गरेको थियो ।

No comments:
Post a Comment