Tuesday, April 21, 2020

एकैदिन कोरोनाभाइरसका 11 संक्रमित थपिए, संक्रमितको संख्या 42 पुग्यो


एकै दिन कोरोनाभाइरस कोभिड⇛ 19 संक्थप 11 जना पुष्टि भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या 42 पुगेको छ । जसमा 4 जना भने निको भएर घर फर्किसकेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उदयपुरका 11 जनामा मंगलबार कोरोनाभाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।उदयपुरबाट संकलन गरिएको नमुना धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ल्याबमा परीक्षण गर्दा 8 जनाको नमुना पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै आजै काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा थप 3 जनामा पनि कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ। आजको परीक्षणबाट पुष्टि भएकामा 9  पुरुष 2 महिला रहेका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार उदयपुरका 100 जनाको पीसीआरको लागि नमुना संकलन भएकामा धरानमा परीक्षण गर्दा यी संख्यामा संक्रमण पुष्टि भएको हो । योसँगै उदयपुरमामात्रै  कोरोनासंक्रमितको संख्या 24 जना पुगेको छ  ।

No comments:

Post a Comment