नयाँ वर्ष २०७७
नयाँ वर्ष २०७७ को प्रारंभ संगै हामीहरु प्रमादी नामक संबत्सर को
प्रभापरिधि भित्र प्रवेश गर्न पुगेका छौं।गत २०७६ साल को परिधावि नामको
संबत्सर् ले आफनो नाम अनुरुप नेपाली हरुलाई रोजगारीका लागि अनेक
दु:ख,पिडा सहनु पर्ने गरि विदेशी भूमिमा जान बाध्य पारयो र विश्वमै
गमनशीलतामा(International Tourism) वृद्धि त गरयो तर महंङि,आर्थिक विकास
मा मंदि, शक्ति राष्ट्र हरु बीचको ट्रेड वार,भूराजनीतिक द्वंद, तथा
उत्तरार्द्धमा, COVID-19 महामारी को अभूतपूर्व प्रकोपले मानव समुदायको
अस्तित्व माथि नै गंभीर संकट उपस्थित गराएको अवस्था छ।महामारी झन झन उग्र
रुपमा विकसित भइरहेको देखिंछ, १८ लाख ५००००भंदा बढी संक्रमित,१,१५,००० जति
मानिसहरुको मृत्यु भइसकेको र यो क्रम बढदै गइरहेको अवस्था ले गर्दासंसार नै
lockdownमा रहन विवश भएकोले अर्थव्यवस्था लगभग गतिसुन्यता मा पुगेको र
यसले ठुलो मंदि Great Depression र Free fall तर्फ विश्व अर्थब्यबस्था
पुग्ने संभावना अत्यधिक रहेको विज्ञहरुको विश्लेषण छ।हाम्रो देशमा हाल
सम्म१४ जना संक्रमित भइसकेको तर टेष्ट गर्ने प्रक्रिया अति मंद गतिमा
चलिरहेको ले वास्तवमा के कसतो अबस्था हो यकिन गर्न गाह्रो छ। सरकारको
गैरजिम्मेवार र मृत्यु तांडव नृत्य चलिरहेको समयमा पनि भ्रष्टाचार गर्ने
विषेश गरि स्वास्थ सामाग्री खरिदमा ब्रहम लुट गर्ने नियत र तेस् बाट सृजित
परिस्थिति ले नेपाली जनताको भविष्य श्री पशुपतिनाथ भरोसे हुन गएको
चिंताजनक नियतिको मध्येनजर महामारी को समाप्ति पछि, जो कहिले हुने हो भनेर
ठोकुवा गर्न कसैले हाल लाइ नसकिरहेको त्रासदीपूर्ण परिस्थिति छ, विस्वको
राजनीतिक शक्ति संतुलन र आर्थिक हैशियतमा महत्वपूर्ण परिवर्तन हुने
अवश्यंभावि छ। वर्तमान विकासका model हरुमा पनि निश्चित रूपमा पुनर्विचार,
बहस, छलफल हुने नै छ। प्रत्येक राष्ट्र ले आफ्नो विकासको परिकल्पना भित्र
प्राथमिकता हरु परिवर्तन गर्ने नै छन र तेसको केंद्र विंदुमा जनस्वास्थ्य
एवं वातावरण मैत्रीपन रहने कुरामा दुइ मत न होला।विकास को Paradigm Shift त
बाध्य कारी हुनेछ। प्रकृतिको विवेकहीन दोहन, शोषणबाट उब्जेको पर्यावरणीय
असंतुलन, जीवन शैली, आहारविहार र वैश्विक दृष्टिकोण माथि नविन चिंतन को
Agenda उपर International conferences को आयोजना गरिनेछन्।, UN का Assembly
हरुमा यि विषयमा बहस हुनेछन्। जीवन र जगतलाई हेर्ने दार्शनिक आधार
मानव-केंद्रित( Anthropocentric) हुनु नै वर्तमान युगको विविध समस्या हरुको
कारक तत्व हो। प्रकृति र चराचर जगतमा अस्तित्वमा रहेका सम्पूर्ण प्राणीहरू
को आफु स्वामी हुँ भन्ने अबुझ, अहंकारी भाव,सामंजस्यता र तादम्यता भंदा
संघर्ष र यि सबै माथि प्रभुत्व स्थापित गर्ने प्रबल मनोवृत्ति ले धेरै
संकटहरू निम्तयाँएको हो। Microbes र Viruses मानवको पदार्पण यस धरतीमा हुनु
भंदा अरवौं वर्ष अघि देखि नै यहाँ अस्तित्वमा छन्। मानवको विकासक्रम(Human
Evolution) मा ति सुच्छम जीवहरुको महत्वपूर्ण भूमिका रहेको यथार्थ
वैज्ञानिक अध्ययनबाट देखिएको परिप्रेक्षमा यि जीवहरुले संपूर्ण रुपमा
मानवजातिको लोप गराउनेछन जस्तो लागदैन। सृष्टि भित्र को एउटा कण तर सघन
चेतन तत्व को स्वरूपमा आफ्नो प्राकट्य र तद्नुरूप को भूमीका निर्वहनको
कर्त्तव्यबोध मानिसमा हुन आवश्यक छ, वर्तमान संकटले त्यस आत्मज्ञान तर्फ
डोर्याउछ कि? आशा गरौ।यो प्रमादी संबत्सर् कोरोना प्रकोप को छायाँ मा आएको र
ज्योतिसिय दृष्टि मा (ज्योतिसीहरुको भनाइमा) यसले त्यति राम्रो फल दिने
छैन। मानिसहरू मा आलस्य (प्रमाद), अकर्मण्यता र मानसिक अवसादका कारण
मनोरञ्जन तर्फ उंमुख हुने मनोवृत्ति को विकास हुने संभावना भएकोले त्यसबाट
जोगिन, जोगाउन अत्याबश्यक् छ। अध्यात्मिक चिंतन रअभ्यासले मात्र सम्यक
ज्ञान प्राप्त हुने भएकोले त्यस मार्गमा पाइला चाल्न ढिलो गरे आफ्नै
कल्याँण गर्न अस्वीकार गरेको ठहरिनेछ।यो संत्रासको बेलामा आफ्नो र
प्रियजनहरुको जीवन रछया पहिलो कर्त्तव्य हो,तेसका लागि Social Distancing ,
साबुनले हात धुने र mask को प्रयोगका साथै अन्य सावधानी हरु अपनाउने हो,
कोरोना को लछ्यण देखिए तोकिएको अस्पतालमा खबर गर्ने आदि हो।सरकारले भने
Testing ब्यापक गर्ने, Hospital हरु COVID-19 को लागि साधन संपन्न रुपमा
तयार राख्ने,राहतको उचित प्रबंधन गरने लगायत हो। अहिले को विषम्
परिस्थितिमा हामी हरुको लौकिक दायित्व समेत छ, त्यो भनेको भोक र शोक मा
परेकाहरूलाई सहयोग गर्नु।समयको प्रवाह संगैसंबत्सर , ऋतु र ग्रहस्तिथिमा
आउने परिवर्तन ले पार्ने प्रभावलाइ नकार्न सकिदैन तथापि आफ्नो संकल्प, दृढ
निश्चय र कार्य बाट यि प्रभावहरू लाइ अनुकुलता मा बदल्न सकिन्छ।नव वर्ष
२०७७ ले सबैलाई एउटा उच्च प्रतिवद्धता सहितको सार्थक जीवन जीउन अभिप्रेरित
गरोस् भन्ने कामनाका साथ संपूर्ण मान्यजनहरु, इष्टमित्र हरु तथा देश भित्र
तथा देश बाहिर रहनु भएका नेपाली दाजुभाइ, दीदीबहिनीहरुमा सुख, संमृद्दी,
सुस्वास्थ्य, दिर्घायु एवं आध्यात्मिक उद्बबोदन प्रदान गर्न भगवान् श्री
पशुपतिनाथ संग करबद्ध प्रार्थना गर्दछु। ॐ नम: शिवाय।
0 comments:
Post a Comment